२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बिरामी भए उपचार गर्ने पैसा समेत छैन, अरुका लागि भ्रष्टाचार गर्दिन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसँग उपचार गर्ने समेत पैसा नभएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिरामी भइहाले आफुसँग उपचार गराउने पैसा पनि नभएको बताएका छन्।

ओलीलेआफ्नो सबै व्यक्तिगत सम्पति राज्यलाई बुझाइसकेको बताउँदै भने, ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु । ‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ । बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।

ओलीले आफु देशका लागि समर्पित भएको जिकिर गर्दै पैसाका लागि भ्रष्टाचार कहिल्यै नगरेको दाबी गरे । उनले आफु बद्नाम नभएर अरुका लागि पैसा कमाइदिनुपर्ने काम आफुले कहिल्यै नगरेको र नगर्ने पनि बताए ।

सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएकोमा गुनासो गर्दै उनले भने ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’ ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ?, ओलीले थपे, ‘त्यसकारण यो कुरा सम्भव छैन ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ५९ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम