२८ असार २०८३, आइतबार | July 12, 2026

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका राई निर्वाचित

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका असिम राईले ४०४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरबहादुर राईले ३५११ मत ल्याएका छन् । एमालेका आङबाबु राईले १६०१ मत पाएका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादीका सविता राई विजयी भएकी छन्।…