काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने भएको छ। मधेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक तरिकाले भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा १६८ को उपधारा (३) अनुसार गठन सरकारको वैधतामाथि प्रश्न उठाउँदै उनीहरुले अन्तरिम आदेश माग गरेका…