काठमाडौं । प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा सांसदहरुले सभामुख देवराघ घिमिरेको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा पास गरेको कुलिङ पिरियड राख्ने व्यवस्थालाई सभाको बैठकबाट पारित गर्नेबेलामा छेडखानी गरी ‘बाहेक’ भन्ने शब्द घुसाइएको थियो । कर्मचारी अवकाशको दुई वर्षसम्म कुनैपनि निकायमा नियुक्ति खान…