काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई नेकपा एमालेले आज पुनः अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् । एमाले सांसदको नारावाजीकै बीच सभामुख सापकोटाले बैठकको नियमित प्रक्रियामा प्रवेश गरेर आफ्ना कुरा राख्न आग्रह गर्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका छन्…