२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्र्ने भएको समितिले…