काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक…