१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देहीका नगर समितिमा उम्मेदवारी तिव्र



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सकिएका जिल्लाहरुमा नगर अधिवेशनको रौनक बढ्दै गएकोछ ।

असोज ९ गतेका लागि तय भएको नगर अधिवेशनमा नेताहरूले भटाभट उम्मेदवारी घोषणा भैरहेका छन् । रुपन्देहीमा पनि कांग्रेसको चुनावी रौनक बढेको छ । बिहीबार रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना लगायतका नगरमा उम्मेदवारी घोषणा गरिएको छ।

बुटवल उपमहानगरपालिकामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट खेलराज पाण्डे नै पुन: सभापतिमा उम्मेदवारी दिँदैछन् भने उनी विरुद्ध शेरबहादुर देउवा समुहबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनाल रहेकाछन् । यसैगरी केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेद्वारी घोषणा गरेका छन् ।

उता सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूह निकटले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार घोषणा सभा गरी उम्मेदवारी घोषणा गरेको हो । नगर सभापति कृष्ण प्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति निलप्रसाद थापा, उपसभापति मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कँडेल, सचिव सुभाष पौडेल, सहसचिव श्याम प्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टिमले घोषणा गरेका छन् । प्रजातान्त्रिक सेनानी तथा पार्टीको पुराना नेता परशुराम पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । ‘उत्साह, एकता, रुपान्तरण’ नारासहित आफ्नो उम्मेदवारी रहेको उनीहरुको दाबी छ । नेपाली कांग्रेस पार्टीको उदय गराएर नगरमा पार्टीको पकड बलियो बनाउन पनि नयाँ नेतृत्व गर्ने उनले बताए । योगदानसँगै युवा समूह पार्टीको नयाँ नेतृत्वमा देखिनु सकारात्मक भएको उनले बताए ।

कार्यक्रममा सभापति रामप्रसाद अधिकारी, निर्वाचन परिचालन समितिका सदस्य लक्ष्मण ज्ञवाली, राज बहादुर क्षेत्री, तुल बहादुर थारु, लक्ष्मी जोशी, श्रीप्रसाद आले, चित्रबहादुर केसी, कृष्ण पंगेनीले शुभ कामना ब्यक्त गरेका थिए ।

यता भरत शाह पक्षका समूहमा सभापति रणबहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणी भट्टराई, उपसभापति लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुरामणि घिमिरे, सचिव अर्जुन पौडेल, सहसचिव मनु काउचा र सहसचिव शारदा रौतारले प्रचार सुरू गरेका छन् ।

यस्तै तिलोत्तमा नगर समितिमा समेत उम्मेदवारी घोषणा भएको छ । देउवा समुहबाट नगर सभापतिमा हरिलाल पाण्डेले उम्मेदवारी घोषणा गरेका छन भने पौडेल समुहबाट नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदिप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा गरेका छन ।

यस्तै न्यौपानेको नेतृत्वमा उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका छन ।

रुपन्देहीको सिद्धार्थनगर नगर सभापतिका लागि युवा नेता कोसिस खड्काको नेतृत्वमा नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिएको छ । बिहीवार भैरहवामा खड्काले सभापतिमा उम्मेदवारी घोषणा गर्दै समावेशी प्यानल घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुष्ट लग्दै गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य प्रेम खरेल, गंगा शाही, शिव नेपाल, चित्र केसी, मनोरमा शेरचन, कुलप्रसाद लामिछाने, चिरन्जिवि पौडेल, तरुण दल रुपन्देही जिल्लाका कोषाध्यक्ष बासु बस्यालले शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ४६ बजे

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल