२१ असार २०८३, आइतबार | July 5, 2026

एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै



काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले आज महासचिव चयन गर्दैछ ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, ‘पुराना(नयाँ पुस्ता दुवैको दाबी छ । हामी छनोट गर्छौं ।’

नेताहरूका अनुसार महासचिवका लागि वेदुराम भुसाल, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले दाबी गरेका छन् । तीमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

यसअघि एकीकृत समाजवादीले प्रदेश इञ्चार्जहरु तोकेको थियो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इञ्चार्ज तोकिएका छन् । सुदूरपश्चिमको इञ्चार्ज भने तोक्न बाँकी छ ।

त्यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ र मोर्चा इञ्चार्ज डा.विजय पौडेल रहेका छन् ।

बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मतले पारित गरिसकेको छ ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । नेकपा ९एमाले० बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ३४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी