काठमाडौं । नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुँदा उनीहरूको काम कारवाहीमा कुनै असर नगर्न अन्तरिम आदेश दिएको छ । एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि आयोगले अस्वीकार गरेपछि…