काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेठ २१ गतेदेखि पुनः मध्य पहाडी लोकमार्ग अभियान सुचारु गर्नेभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग अभियान सुचारु गर्ने निर्णय गरेको हो । यसअघि जेठ २ गतेदेखि जेठ १० सम्म बैतडीको पाटनदेखि पोखरासम्म अभियानको पहिलो चरण सम्पन्न भएको थियो । बैठकले…