नेपालगन्ज । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए । अध्यक्ष ज्ञवालीले अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास…