७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुकुम्बासीको घरमै पुर्जा पुग्छ : देबी ज्ञवाली



नेपालगन्ज । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए ।

अध्यक्ष ज्ञवालीले अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पुर्जा दिने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति हुने बताए । पालिका उपप्रमुख सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिनिधि सदस्य रहेको समितिले पालिकास्तरमा काम गर्ने आयोगका अध्यक्ष ज्ञवालीले बताए ।

वडास्तरमा समेत सहजीकरण समिति निर्माण भइ सोही समितिले घरमै पुगेर विवरण संकलन गर्ने र पालिकालाई सिफारिस गर्ने पालिकाको वोर्डले जिल्ला र जिल्लाले केन्द्रलाई सिफारिस गरेको १५ दिनभित्र उनीहरुको विवरण जिल्लामा सदर भएर आउने अध्यक्ष ज्ञवालीले बताए । उनले यसरी विवरण आए लगतै नापीले नक्सा र मालपोतले श्रेष्ता कायम गरेपछि फेरी पालिकामार्फत घरमै पुगेर लालपुर्जा वितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यसरी विवरण संकलनका क्रममा सिफारिस गर्नेले गलत मान्छेलाई सिफारिस गरेको खण्डमा २५ हजार जरिवाना हुने र जग्गा लिने व्यक्तिलाई १ वर्ष कैद, जग्गा लिने व्यक्तिको जग्गा जफत, १ लाख जरिवाना हुने कानूनी व्यवस्था भएको पनि अध्यक्ष ज्ञवालीले बताए ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । अध्यक्ष ज्ञवालीले खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालयको पनि आजै एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई