काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कपटपूर्ण जालसाजी भनेको छ । शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै मध्यापधि निर्वाचनको घोषणालाई सर्वोच्च बारले संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भनेको हो । सर्वोचच बारको तर्फबाट आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै संसद विघटनको घटनालाई बारले बहुदलीय व्यवस्था र लोकतान्त्रिक आधारभूत मूल्य र मान्यता…