काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्वको रुकुमकोट पुगेको छ। रुकुमकोटमा पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् । त्यसक्रमा घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरेका थिए।…