काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार साँझ साढे ६ बजेसम्ममा देशभर दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगले बनाएको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा माघ ७ गते बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म…