रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आइपुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ आइपुगेका हुन् । अध्यक्ष प्रचण्ड भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर…