काठमाडौं । अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग गरेको हो। गत बिहीबार थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएपछि त्यसविरुद्ध आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल…