काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विपतपूर्ण परिस्थितिमा संवैधानिक दायरामा रहेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। बिहीबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुरक्षाको स्थिति कायम गर्न आवश्यक विचार–विमर्श र प्रयास भइरहेको बताए। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न ढिलाइ गर्नु ठिक नहुने भन्दै उनले समस्याको शीघ्र समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। राष्ट्रपतिले…