७ पुस २०८२, सोमबार | December 22, 2025

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रहरी नियन्त्रणमा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही र बुद्धिमान तामासहितका सांसदलाई प्रहरीले सिंहदरबार परिसरभित्रैबाट नियन्त्रणमा लिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका उनीहरुले कार्यालय बाहिर पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जानुअघि उनीहरु संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । यद्यपी उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।…