काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् । नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारीसभामा प्रचण्डले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले विभिन्न कारणले…