काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्व र डिप स्टेटको खेलको चपेटामा परेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले बैध सत्तालाई कमजोर बनाउन देशलाई ‘प्रयोगशाला’ बनाइएको दाबी गरेका हुन् । उनले नवयुवाहरुको भावना, चाहना र अपेक्षासँग नेपाली राजनीतिलाई जोड्न नसक्दा लोकतान्त्रिक प्रणालीप्रति विश्वास कमजोर भएको स्वीकार…