काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । राष्ट्रियसभाको बैठकको प्रारम्भमा दाहालले जनअपेक्षाबमोजिम सेवा प्रवाहलगायत जनसरोकारका विषयमा गम्भीर ढङ्गले विमर्श गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । “नेपाली जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानकाविरूद्धमा भएका गतिविधिलाई हामीले नजिकबाट नियालिरहेका…