२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

पेरिसडाँडामा वेल्चा उठाउँदै प्रचण्डले भने – ध्वस्त पार्टी कार्यालय नयाँ र भव्य बनाउँछौं



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसातापछि सार्वजनिक भएका छन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो निवास र पार्टी कार्यालय ध्वस्त भएसँगै नेपाली सेनाको संरक्षणमा रहेका प्रचण्ड आज पार्टी कार्यालय पेरिडाँडाबाट सार्वजनिक भएका हुन् ।

अध्यक्ष प्रचण्डले ध्वस्त बनाइएको पार्टी कार्यालय भवनका सबैभागको अनुगमन गरेका छन् ।

त्यसक्रममा प्रचण्डले संचारकर्मीहरुसँग छोटो कुराकानी गर्दै प्रचण्डले पार्टी केन्द्रीय कार्यालयसहित देशभरका सबै कार्यालय भवनहरु अझ नयाँ रुपमा भव्य रुपमाले पुनरस्र्थापित गरिने प्रतिवद्धता जनाए । प्रचण्डले पार्टीको माइन्यूट, केही कम्प्युटर र पुस्तकालय वचेको जानकारी दिए । उनले ध्वंसको बीमा पनि पार्टीका महत्वपूर्ण संरचनाहरु जोगाउन सक्रिय भूमिका खेल्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिए । दुई तीन दिनको बीचमा पार्टी कार्यालय सरसफाइ अभियान संचालन भएको भन्दै उनले सन्तोष समेत व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले सरसफाइमा समेत सहभागी भएकाछन् । उनीसँग उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु, वाईसीएस, विद्यार्थी, महिला, मजदुर लगायतका संगठनका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : २७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति