२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पेरिसडाँडामा वेल्चा उठाउँदै प्रचण्डले भने – ध्वस्त पार्टी कार्यालय नयाँ र भव्य बनाउँछौं



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसातापछि सार्वजनिक भएका छन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो निवास र पार्टी कार्यालय ध्वस्त भएसँगै नेपाली सेनाको संरक्षणमा रहेका प्रचण्ड आज पार्टी कार्यालय पेरिडाँडाबाट सार्वजनिक भएका हुन् ।

अध्यक्ष प्रचण्डले ध्वस्त बनाइएको पार्टी कार्यालय भवनका सबैभागको अनुगमन गरेका छन् ।

त्यसक्रममा प्रचण्डले संचारकर्मीहरुसँग छोटो कुराकानी गर्दै प्रचण्डले पार्टी केन्द्रीय कार्यालयसहित देशभरका सबै कार्यालय भवनहरु अझ नयाँ रुपमा भव्य रुपमाले पुनरस्र्थापित गरिने प्रतिवद्धता जनाए । प्रचण्डले पार्टीको माइन्यूट, केही कम्प्युटर र पुस्तकालय वचेको जानकारी दिए । उनले ध्वंसको बीमा पनि पार्टीका महत्वपूर्ण संरचनाहरु जोगाउन सक्रिय भूमिका खेल्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिए । दुई तीन दिनको बीचमा पार्टी कार्यालय सरसफाइ अभियान संचालन भएको भन्दै उनले सन्तोष समेत व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले सरसफाइमा समेत सहभागी भएकाछन् । उनीसँग उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु, वाईसीएस, विद्यार्थी, महिला, मजदुर लगायतका संगठनका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : २७ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै