काठमाडौं। राजावादी आन्दोलनका क्रममा हिंसा भड्काउने अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने भएको छ । उच्चको आदेशप्रति असहमति जनाउँदै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जान लागेको हो । उच्च अदालतका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार मात्रै प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा…