काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् ।…