१२ बैशाख २०८३, शनिबार | April 25, 2026

राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र चगाउन खोजे : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

यसअघिको सरकारले शिक्षकहरुलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै उनले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरण विस्तारमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।

‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरुले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरुलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए ।’, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले भने, ‘वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरुले आफ्नो कर्म र दायित्वलाई इमान्दाररुपमा निर्वाह गरिदिए पुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरु समाजको विकृति बढार्ने काममा साँझ–बिहान लाग्नुपर्छ । शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न शिक्षक सङ्गठनबाट प्रवेश गर्नेहरुलाई प्रवेश गराए भने रिमोटका माध्यमबाट सो सङ्गठनको ललितपुरस्थित नयाँ भवनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ८ : ५६ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु