काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए । भेटका अवसरमा वरिष्ठ…