काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । “नेपालको संविधानको धारा (३) (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज)को सिफारिसमा वैशाख २८ गते शुक्रबारका…