विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद विष्ट आज प्रदेशसभा सभामुखमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनले समर्थन गरेका विष्टलाई प्रमुख प्रतिपक्षी दल एमालेले समेत समर्थन गरेपछि विष्ट निर्विरोध भएका हुन् । मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा…