७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

आगामी माघ ११ गते हुन लागेको निर्वाचनमा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार पाएको ६ सिटमा माओवादीले उम्मेदवारको टुंगो लगाएको हो ।

कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए ।

सत्तागठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।

राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ ।

गठबन्धनसँगको सहमतिअनुसार १९ सिटमध्ये कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने सहमति भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज