काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले एकै दलको स्पष्ट बहुमतसहित स्थिर सरकार बनेको उल्लेख गर्दै सुशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ…