१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री अनुपस्थित रहे संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिए प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले संसदीय परम्परा र मर्यादामाथि प्रश्न उठेको बताए। उनले प्रधानमन्त्रीले सदनप्रति उपेक्षापूर्ण व्यवहार…