बुटवल । नेकपा (एमाले) को शनिबारदेखि बुटवलमा सुरु हुने प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौं १६ र १७ गते हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको एमालेले जनाएको छ…