११ श्रावण २०८३, सोमबार | July 27, 2026

कांग्रेस महासमिति बैठक सुरु, प्रतिवेदनहरु भने भोलि प्रस्तुत हुने



पाटन । नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् । बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : १८ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको