२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

एमाले केन्द्रीय कमिटी बैठक सुरु, सहभागीको मोबाइलको घण्टी बजेपछि मञ्चबाटै जङ्गीए ओली



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताए । उनले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए ।

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उनले गठबन्धन पूर्णअसफल भएको आरोप लगाए ।

उनले सम्बोधन गरिरहेकैबेला बैठकमा सहभागीहरुको मोबाईल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न निर्देशन दिए ।

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’

मंगलबार सुरु भएको बैठक तीनदिन चल्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ४० बजे

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ

सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८

आजको मौसम : भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको