काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्न आग्रह गरेका छन् । जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलनको रुपमा उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा समर्थन रहेको बताए । श्रेष्ठले अराजक तत्वहरूको घुसपैठले आन्दोलनलाई नकारात्मक मोड दिएको र राज्यका…