विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीबाट दाबी फिर्ता लिन र उनलाई समर्थन गरेका अन्य सात सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो । बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको…