काठमाडौं । अदालतको आदेशमा अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । शुक्रबार साँझबाट अनागरिक बनेका लामिछाने आज कार्यालय खुले लगत्तै नागरिकता लिन जिल्ला प्रशासन पुगेका हुन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च…