काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेको भन्दै प्रतिनिधिसभामा विपक्षी दलहरूले सभामुख डोलप्रसाद (डीपी) अर्यालमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो आसनबाट उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए। उनीहरूले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिप्रति सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग दोहोर्याए। यही जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको…