काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कांग्रेसको इतर समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र…