काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधिवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन् । ‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई…