१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

चीनमा भूकम्प गएको १७ दिनपछि बेपत्ता व्यक्तिको जीवितै उद्धार

बेइजिङ । चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौंलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।…