१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

लामखुट्टेले हैरान गरयो ?, भगाउन अपनाउनुहोस् यी घरेलु उपाय



काठमाडौं । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ ।

लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ ।

यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ। हामी  यसको बारेमा विस्तृत जानकारी दिनेछौं ।

पुदिनाको पात
राम्रो नतिजाको लागि घरको कुनामा पुदिनाको पात राख्नुहोस्, यसको सुगन्धले लामखुट्टेलाई तपाईंको घरमा प्रवेश गर्नबाट रोक्छ। यसबाहेक तपाईं आफ्नो घरमा पुदीना तेल छर्कन पनि सक्नु हुन्छ।

लसुन
यदि तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने नआत्तिनुहोस् । यसका लागि लसुनको रसलाई पानीमा मिसाएर घरमा स्प्रेको रूपमा छर्कन सक्नु हुन्छ । यी घरेलु उपायहरू तपाईका लागि धेरै लाभदायक छन्।

तुलसीको पात
यो एक धेरै राम्रो प्राकृतिक उपचार हो, जसको कारण लामखुट्टे तपाईको कोठाबाट भाग्छन्। यसका लागि आफ्नो घर वा कोठामा तुलसीको पात राख्नु होस् र त्यसपछि यसको प्रभाव हेर्नुहोस्।

निम
नीमको पात जलाएर वा पानी छर्कने गर्दा लामखुट्टे छिट्टै घरबाट भाग्छन् । यस्तो घरेलु उपाय गरेर मच्छर वा लामखुट्टे भगाउन सक्नु हुन्छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : ४९ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका