काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ८ वैशाख ०७८ मा ‘स्टिङ अपरेसन’ मा रोक लगाउने आदेश दियो । भन्यो, ‘स्टिङ अपरेसनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकूलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको रहेको छ ।’ अख्तियारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३०…