काठमाडौं । काठमाडौंको कपनमा आगलागी भएको छ। कपनको राम मन्दिर नजिकै आगलागी भएको हो । कपनको एक घरमा बेलुकी पौने ७ बजेतिर आगलागी भएको बौद्ध प्रहरीले जनाएको छ । सो घरमा ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको थियो । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल प्रयोग गरिएको छ ।