काठमाडौं । संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई क्लिन चिट दिएपछि उनको सर्वोच्च जाने तयारी रोक्न नेपाल बार एसोसिएसनले धर्ना सुरु गरेको छ । संसद्का महासचिवले जबरालाई महाभियोग निष्क्रिय भएको पत्र पठाएपछि उनी सर्वोच्च फर्किने तयारीमा रहेका छन् । पत्र सार्वजनिक भए लगत्तै बारको आकस्मिक बैठक बसेर जबरालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको थियो…