८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्छ : अध्यक्ष केपी ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई आज सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गरे ।

उनले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझादारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । “समझादारी तरिकाले काम गर्यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उनले भने, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ ।”

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे । “पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु”, उनले भने, “उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निस्क्रिय बनाउने तरिका हो ।”

उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको भनाइ राखे ।

उनले जनता अहिले पनि परिवर्तन, न्याय र सुशासनको पक्षमा रहेको भन्दै आफूले जनताको भावनालाई समेट्न नसकेको बताए । अध्यक्ष ओलीले सिङ्गै समाज समेटिएको एमाले परिपक्क पार्टी भएको बताए । उत्साह र आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकतालाई आग्रह गर्दैै उनले मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : २१ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत