काठमाडौं । संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् । उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्का दुवै सदनका सांसदहरुलाई २ः४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ…