काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ । यस्तै, शुक्रबार नै अपराह्न ४:१५…