७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोर्चाको घोषणा परिवर्तन उल्ट्याउने र प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्धको युद्धको घोषणा हो : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको घोषणा परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा भएको बताएका छन् । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मोर्चाले सदन र सडक दुबै स्थानबाट समाजवाद स्थापनाको अग्रगमनको पक्षमा अभियान चलाउने बताए ।

उनले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई मोर्चामा सामेल भएर हातेमालो गर्न आह्वान गरे ।

प्रचण्डले अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको उल्लेख गरे । उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि मोर्चा गठन आर्फमा चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

प्रचण्डले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताउँदै नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । उनले मोर्चा कसैको विपक्षमा नरहेको दाबी गरे । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायका विरुद्ध परिलक्षित छैन’, प्रचण्डले क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको पनि बताए ।

मोर्चा आवद्ध रहेको पार्टी भि अझै केही फोहर रहेको चर्चा गर्दै उनले विप्लवको उपस्थितीले ती फोहोर सफा गर्न सहज हुने दाबी गरे । ‘हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरेका छौ । हरेक पार्टीको स्वतन्त्रतालाई पनि सिद्ध्याउने काम गरेका छैनौ’, प्रचण्डले भने ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ३४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई